काठमाडाैं। नेपाली काँग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।
सभापति पदको ४०० मत गणना भइसक्दा जगदीश्वर नरसिंह केसीले अग्रता लिएका छन्। उनले २१६ मत पाउँदा इन्द्र बानियाँले १८२ मत पाएका छन् । यस्तै २ मत बदर भएको छ ।
यसअघि शनिबार भएको त्रिपक्षीय भीडन्तमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि केसी र बानियाँबीचबाट सभापति चयन गर्न आइतबार पुनः मतदान भएको थियो ।



लोकपाटी न्यूज

