काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले संसद् बैठक अवरुद्ध पारिरहनुकाे कुनै औचित्य नभएकाे बताएका छन्। उनले आइतबार ट्विटरमार्फत् अवरोध नै गर्ने भए सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्ने नभए संसद् बैठक अवरोधको अर्थ नहुने बताएका हुन् ।
उनले लेखेका छन्, ‘संसद् देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरुद्ध गरेको भन्नुको अौचित्य छैन। कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुपर्यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर् भने झैँ ठहर्छ ।’

एमालेका नेताहरूले मंसिर २८ गतेका लागि बोलाइएको संसद् बैठक अवरुद्ध गर्ने संकेत गरिरहेका बेला रावलले यस्ताे प्रतिक्रिया दिएका हुन्।



लोकपाटी न्यूज

