कार्यक्रम नसकिँदै कमल थापा निकट पदाधिकारी बाहिरिए

लोकपाटी न्यूज

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा निकट पदाधिकारीहरू शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रम नसकिँदै कार्यक्रम छोडेर बाहिरिएका छन्।

राप्रपाको नयाँ नेतृत्वमा निर्वाचित उपाध्यक्ष, महामन्त्रीलगायतका पदाधिकारीहरू अध्यक्ष राजेन्द्र लिङ्देनले भाषण गरिरहेका बेला कार्यक्रमस्थलबाट बाहिरिएका हुन् ।

राजेन्द्र लिङ्देनसँग पराजित कमल थापा भने साे सपथ ग्रहण  तथा प्रमाणपत्र वितरण कार्यक्रममा गएका थिएनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्