कांग्रेस बागमती अधिवेशन : १५ सय मत खस्यो

लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि दोस्रो चरणको मतदान जारी छ ।

शनिबार भएको मतदानमा सभापतिका उम्मेदवारहरू कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आइतबार पुनः इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच चुनाव भएको हो ।

ढिलागरी सुरु भएको मतदानमा साढे तीन बजेसम्ममा १५ सयले मतदान गरेका छन् । साँझ ५ बजेसम्म तोकिएको मतदानमा २ हजार १ सय ५१ मतदाता रहेका छन् ।

शनिबार भएको मतदानमा २ हजार ८३ मत खसेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्