कांग्रेस कर्णाली प्रदेश सभापतिमा तीन जनाको उम्मेदवारी

लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि पक्षबाट एक एक जना गरी तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवा पक्षबाट ललितजंग शाही, पौडेल पक्षबाट भूपेन्द्रजंग शाही र निधि पक्षबाट मोतीराज बमले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका छन् । ललितजंग जुम्लाका हुन् भने भूपेन्द्र र मोतीराज कालीकोटका हुन् ।

यसअघि नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सभापतिमा लागि ललितजंग शाही र भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने बताइएको थियो । तर, शुक्रबार एकाएक निधि पक्षबाट पनि मोतीराजले उम्मेदवारी दिएका हुन्।

यस्तै, प्रदेशको उपसभापतिमा देउवा पक्षबाट कालीकोटका कालीबहादुर सहकारी र जाजरकोटका सनतकुमारी कार्कीले उम्मेदवारी दर्ता गराएका छन् भने पौडेल पक्षबाट देबेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्