सर्वाेच्चकाे अवस्था गम्भीर छ : प्रचण्ड

prachanda
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको वर्तमान अवस्था गम्भीर रहेको बताएका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले अदालतको अवस्था गम्भीर रहेको बताएका हुन्।

अध्यक्ष प्रचण्डले नेपालको न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको पनि विषय भएकोले कार्यपालिकाबाट यसको हल हुनुपर्ने बताए। उनले यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्यप्रणालीसँग सम्बन्धित भएकोले समस्या समाधान हुन अब समय नलाग्नेमा विश्वस्त रहेकाे बताए

उनले अहिले सभामुख बाहिर गएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्