काठमाडाैं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनकाे अहिलेसम्म ५३ जिल्लाको परिणाम आएको छ । जसमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जनाले जिल्ला सभापतिमा जीत हात पारेका छन् भने संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २१ जना सभापतिहरू निर्वाचित भएका छन् ।
पूर्वमहामन्त्री कृष्ण सिटौला निकट एक जना सभापति निर्वाचित भएका छन् भने उपसभापति बिमलेन्द्र निधि निकट एक जना सभापतिले जीत निकालेका छन् ।
सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् । तनुहँबाट निर्वाचित सभापति जीतप्रकाश आले पौडेल समुहमा नै रहेका छन् । आले र वर्तमान सभापति बैकुण्ठ न्यौपानेका बीचमा प्रतिस्पर्धा भएको थियो । आलेलाई देउवा पक्षका नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुप वाग्लेले सहयोग गरेका थिए ।
तर आलेले वरिष्ठ नेता पौडेललाई आफु पौडेलको पक्षमा रहने बचन दिएका छन् ।
शेरबहादुर देउवा पक्ष (संस्थापन)
शंकर गुरुङ – मनाङ
खडक बोहरा – बझाङ
गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
मोहनविक्रम सिंह – हुम्ला
कान्छाराम तामाङ – रामेछाप
ऐनबहादुर शाही – मुगु
खमबीर गर्बुजा – म्याग्दी
केशबहादुर विष्ट – सल्यान
रुपनारायण जबेगु – पाँचथर
नरेन्द्रबहादुर सिंह – डोटी
दीपेन्द्रबहादुर शाही – डोल्पा
कर्णबहादुर शाही – जुम्ला
तेजेन्द्र खनाल– ओखलढुंगा
डा.टकराज गुरुङ – लमजुङ
भीमबहादुर साउद – डडेल्धुरा
रामकृष्ण खाँण – रुपन्देही
युवराज जोशी – पर्वत
डम्बर खड्का – इलाम
तीर्थ लामा – काभ्रे
पदम बोगटी – कञ्चनपुर
खड्गबहादुर पोखरेल – सुर्खेत
रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)
रोमी गौचन थकाली – मुस्ताङ
केशरमान रोका – रुकुमपूर्व
दीपक खड्का– संखुवासभा
नन्दप्रसाद न्यौपाने – गोरखा
विष्णु राई – खोटाङ
हिमालदत्त श्रेष्ठ –पाल्पा
राजु थापा – स्याङ्जा
किशोर आचार्य – रोल्पा
विष्णुकुमार गिरी – प्यूठान
अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
विनोद बान्तवा – भोजपुर
केशव श्रेष्ठ – अर्घाखाँची
चतुरबहादुर चन्द – बैतडी
बर्मा लामा – दोलखा
अम्मबहादुर शाही – कालीकोट
रामसिंह रावल – बाजुरा
अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)
मणिराम रेग्मी – दैलेख
शंकरप्रसाद डाँगी – दाङ
रमेश महत – नुवाकोट
सबुज कृष्ण बानियाँ – काठमाडौं
रामनाथ अधिकारी – धादिङ
खिलध्वज पन्थी – गुल्मी
जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर
केदार भण्डारी – सुनसरी
ललितसिंह बोहरा– दार्चुला
कृष्ण सिटौला पक्ष
देउमान थेवे – झापा
विमलेन्द्र निधि पक्ष
किशोर बराल
पक्षधरता नखुलाएका
१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
२. वेदराज सिंह – जाजरकोट



लोकपाटी न्यूज

