काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दिनभर बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र पारेकोमा आपत्ति जनाएका छन् । त्यस्तै संस्थागत छलफल नगरी राति बैठक बोलाउनु धाँधलीको सङ्केत भएको उनले बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन् – ‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।’
पार्टीलाई लाेकतान्त्रिक मूल्यमान्यताका आधारमा अगाडि बढाउनुपर्ने र बिना सहमति र संस्थागत छलफल नगरी मनाेमानी ढंगबाट काम गर्न नपाइने उनकाे भनाइ छ ।




लोकपाटी न्यूज

