कांग्रेस वडा अधिवेशन : सर्लाहीमा गाेली चल्याे

Goli
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीमा गाेली चलेकाे छ। अधिवेशनकाे क्रममा जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पीएसओले गोली चलाएका हुन् ।

आज बलारा नगरपालिकाको वडा नम्बर ९ को अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पीएसओले एक राउण्ड हवाई फायर गरेको प्रहरी स्राेतले जनाएकाे छ।

पूर्व वडासभापति मतदानस्थलमा उपस्थित नभएपछि निर्वाचन प्रकृया नै अन्योलमा परेको अवस्थामा मन्त्री सिंंह केही कार्यकर्ता लिएर अचलगढ मतदान केन्द्र पुगेका थिए ।

लगत्तै स्थानीय कांग्रेस नेता कार्यकर्ताले उनलाई मतदान स्थलमा जान रोकेकाे र  स्थानीय प्रशासनको सहयोगमा मतदानस्थल प्रवेश गरेका उनले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रकृया अगाडि बढाएको आरोप लगाउँदै गालीगलौज गरेको जनाइएकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्