एमाले उपाध्यक्षमा घनश्याम भुसालकाे उम्मेदवारी घोषणा

Ghanashyam bhusal
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका भुसालले शुक्रबार साँझ चितवनबाटै उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि भुसाल अध्यक्षमा उठ्ने चर्चा थियो । आफ्नै समूहका भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि भुसाल वरिष्ठ उपाध्यक्षमा उठ्ने अड्कल गरिएको थियो । तर उनले एक कदम पछि हट्दै चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा बन्दसत्र सफल पार्ने घोषणा गरिरहेका बेला पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यही सिलसिलामा अब १० बुँदे पक्षधर नेताहरु भीम रावल र घनश्याम भुसाललाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती ओलीमाथि थपिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्