एमाले महाधिवेशनमा प्रम देउवाले भने : ओलीजी र म ‘जेलमेट’ हौं

लोकपाटी न्यूज

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मुद्दाहरुमा समान धारण बनाउन संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्। नेकपा एमालेको दशौं महाधिवेशनको उद्‍घाटनमा शुभकामना व्यक्त गर्दै उनले संविधानसम्मत रुपमा हरेक समयस्याको समाधान निकाल्नु पर्ने बताए।

शुभकामना मनतव्यको क्रममा बाेल्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले लोकतन्त्रका लागि एमाले अध्यक्ष केपी ओलीसँगै आफूले जेल जीवन बिताएको बताए। उनले भने, ‘ओलीजी र म ‘जेलमेट’ पनि हाैं।’

उनले देशमा थिति बसाल्ने काममा राजनीतिक दल लाग्नु पर्ने बताए। सबैको सहयोगले कोरोनाविरुद्धको खोप अभियानको लक्ष्य हाँसिल हुँदै गएको उनले बताए। कोरोनाको प्रभाव न्यूनिकरण हुँदै गएको र आर्थिक स्थितिमा सुधार आउँदै गएको देउवाले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्