विदेशी चलखेलले नेकपा तीन टुक्रा भयाे : बादल

rambhadur_thapa_Badal
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एमालेका नेता रामबहादुर थापा बादलले देशी विदेशी तत्त्वले नेकपालाई तीन टुक्रामा पारेको आरोप लगाएका छन्।

चितवनमा सुरु भएको एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उनले देशी, विदेशी तत्त्वले देशलाई फेरि अशान्तिमा धकेल्ने काम गरेको टिप्पणी गरे। साथै कोरोना महामारीपछि अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति सहज र सामान्य नरहेको समेत उनले बताए।

महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवालगायत पुगिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्