रुकुम उडेकाे जहाज नेपालगञ्जमै अवतरण, यात्रुकाे बिचल्ली

nepal airlines
फाइल तस्विर
लोकपाटी न्यूज

काठमाडौं । नेपाल एयरलाइन्सको एक जना पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरिदिएका छन् ।

पाइलटको सनकका कारण रुकुम उडेका यात्रुलाई नेपालगञ्ज झारेर बिचल्ली पारिएको छ । यो घटना सोमबारको हो । पाइलटले आफ्नाे ड्युटी सकिएकाे भन्दै गन्तव्य नपुग्दै विमान अवतरण गराएका थिए।

सोमबार नेपाल एयरलाइन्सको ट्विन अटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थिए । त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्