प्रधानन्यायाधीशलाई महाअभियाेग किन ? नेपाल बारले दियाे यी १७ कारण

Sarbochcha_Adalat
लोकपाटी न्यूज

काठमाडाैं। नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग लगाउन विभिन्न १७ कारण प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएकाे छ ।

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग राख्दै गएकाे तीन हप्तादेखि आन्दोलनरत नेपाल बारले आज साेमवार प्रधानन्यायाधीश जबरामाथि महाअभियाेग लगाएर हटाउनका लागि राजनीतिक दल, सङ्घीय संसद्का सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएको हाे ।

‘वर्तमान प्रधानन्यायाधीश निरन्तर कार्यपालिका शक्तिको प्रभावमा परेको, अन्य जिम्मेवारीका साथै नेपालको संविधानको धारा १७ द्वारा उनलाई विश्वासका साथ प्रदान गरेको संवैधानिक दायित्व पूरा गर्न असक्षम रहेको, न्यायालयको साख, इज्जत, प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्वबाट पूर्ण रूपमा विमुख भएको लगायतका आरोपका साथ राजीनामा माग गरी याे ज्ञापन पत्र बुझाएका छाैँ’, पत्रमा भनिएकाे छ ।

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2021/11/nepal-bar-release.pdf”]

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्