सभामुख सापकाेटालाई भेट्दै नेपाल बारकाे टाेली

nepal bar press meet pic
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाल बार एसोसिएसनले सोमबार दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै  आन्दाेलनरत नेपाल बारले आज संसदमा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउँदैछ। बारले विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउनुअघि सभामुख सापकोटालाई भेट्न लागेको हो।

प्रधानन्यायाधीश जबराले न्यायिक क्षेत्रमा भ्रष्टार बढाएको, मन्त्रिपरिषदमा बागबण्डा खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायत आरोप लगाउँदै नेपाल बार एसोसिएसनले करिब ४ हप्तादेखि आन्दोलित छ।

बारले प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै दिनहुँजसो सर्वोच्च परिसरमा धर्ना दिँदै आएको छ। राजीनामा नआएसम्म धर्ना र विरोधका कार्यक्रमलाई मुलुकभरका अदालतमा जारी राख्ने बारको रणनीति छ। सोही क्रममा बारले आज राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्