काँग्रेस महाधिवेशनका लागि गठित आर्थिक समितिमा १४ जना मनोनयन (नामसहित)

Gyanendra_Bahadur_Karki
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि गठित आर्थिक समितिमा १४ सदस्यहरु मनोनयन गरिएको छ । आर्थिक समितिका संयोजक एवं सूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र ४ जना सल्लाहकार नियुक्त गरेका हुन् ।

जसको सदस्यमा उमेश श्रेष्ठ, दीपक खड्का, जीप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बाँनिया, अनिल रुंगटा, महेश जाजु, विरेन्द्र कनोडिया, रामकेष्ण भट्टराई र दयाराम पाण्डे रहेका छन् ।

यसैगरी सल्लाहकारहरूमा दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र माल्टेन गुरुङ रहेको काँग्रेसले जनाएको छ ।