काठमाडाैं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लड्न नहुने सुझाव चिकित्सकले दिएको बताएका छन् । नेपाल खेलकूद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै उनले आफूलाई पनि खेलमा रुचि भएको तर चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताएका हुन्।
दुई पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीले भने, ‘म फुटबल खेल्थेँ, ब्याट मिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ। फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो पनि लाग्छ । फुटबलबाट ब्याट मिन्टन हुँदै अहिले टीटीतिर पुगेँ, पछि चेसतिर झर्न बेर लाउँदिन ।’
पूर्वप्रधानमन्त्री समेत रहेकाे ओलीले खेल मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको भन्दै हरेक उमेर समूहका व्यक्तिका लागि खेल आवश्यक रहेको बताए ।



लोकपाटी न्यूज

