काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा माग गरेका छन्।
सर्वोच्च अदालत परिसरभित्र प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा मागेका हुन्।
आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका छन्। उनीहरुले प्रदर्शनमा गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन्। वकिलहरुले अदालत परिसरभित्र धर्ना दिन थालेयता सर्वोच्च अदालतमा प्रहरी सुरक्षा प्रबल बनाइएकाे छ।



लोकपाटी न्यूज

