काठमाडाैं। नेकपा एमालेले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीको १० औं महाधिवेशनमा आमन्त्रण गरेको छ । एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराईले प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर देउवालाई महाधिवेशनमा अतिथिका रूपमा निम्तो गरेका हुन् ।
एमालेको निम्तो स्वीकार गर्दै देउवाले आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका छन् । देउवाले महाधिवेशनका लागि शुभकामना समेत दिएका छन्। उनले महाधिवेशनमा निम्ताे गर्न गएका सुवास नेम्वाङ र राजन भट्टराईलाई भने, ‘तपाईहरुलाई महाधिवेशनका लागि शुभकामना छ । तपाईंहरूको महाधिवेशनमा म आइहाल्छु नि । म नआएर हुन्छ ?’
एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुँदै छ ।



लोकपाटी न्यूज

