काठमाडौं । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ गतेबाट रिक्त हुन लागेको पदमा १२ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए।
त्यस्तै सरकारले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रय संघीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय गरेकाे छ।
त्यस्तै नेपाल चार्टर एकाउन्टेन संस्थाको पार्षदमा नायब महालेखा परिक्षक बैकुण्ठ बहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्यलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषदले गरेकाे छ।
विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनका लागि एसियाली बैंकबाट प्राप्त हुने थप ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीस्कार गर्ने र मोरक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ सम्मेलनमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयका सचिव सागर कुमार राईलाई सहभागी हुन स्वीकृत दिने निर्णय सरकारले गरेकाे छ।
त्यस्तै एसियन अफ्रिकन लिगल कन्सनटेटिभ अर्गनाइजेसनको ५९औँ वार्षिक सभामा भाग लिन कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने, पशुकल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, पशुप्रति हुने निदर्यी व्यवहार रोक्नका लागि समिति गठन गर्ने, संक्रामक पशु रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय समेत सरकारले गरेकाे छ।
त्यस्तै सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभाको सदस्य निर्वाचन मिति तोक्ने, दक्षिण कोरियामा हुने युएन पिस किप इन मिनिस्टरीयल मिटिङमा भाग लिन रक्षामन्त्री डा. मिनेन्द्र रिजाल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औँ तहमा डा. श्याम सुन्दर यादव, डा भीमसिंह तिङकरी, डा गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता कार्कीले जानकारी गराए।



लोकपाटी न्यूज

