माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच  शिष्टाचार भेट भएकाे छ।

सहायक विदेशमन्त्री लुले बिहीबार प्रचण्ड निवास खुमलटारमा दाहालसँग शिष्टाचार भेट गरेका हुन् । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी भएका थिए ।

आजै विदेशमन्त्री लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरेकाे नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्