काठमाडाैं। रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थवाङका लागि दाङको घोराहीबाट छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा पर्दा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरुको पहिचान भने खुल्न सकेको छैन। उनीहरुको घटनास्थलमै मुत्यु भएको जनाइएकाे छ। साे दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।
बाटो आप्ठ्यारो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएकाे छ। घाईतेहरु सबैको उद्दार गरि रोल्पाको स्मृति अस्पतालमा उपचारका लागि लगिएकाे राेल्पा प्रहरीले जनाएकाे छ।



लोकपाटी न्यूज

