काठमाडौं। नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ। बिहीबारको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि आकस्मिक बैठक बोलाएको बारले जनाएको छ।
सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन गएका कानुन व्यवसायी र प्रहरीबीच आज झडप हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित ७ जना घाइते भएका छन्। शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि बार थप आक्रोशित भएको छ।
प्रधानन्यायाधीश जबराले भ्रष्टाचार बढाएको, मन्त्रिपरिषद् र संवैधानिक अंगमा भागबण्डा खोजेको भन्दै करिब ४ हप्तादेखि नेपाल बार एशाेशिएशन आन्दोलित छ।



लोकपाटी न्यूज

