काठमाडाैं। नेकपा एमालेको चितवनमा हुने १० औं महाधिवेशनका लागि सुदूरपश्चिमका ९ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार प्रदेशबाट १ सय ६० भन्दा बढी महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
महधिवेशन प्रतिनिधि छनोट गर्दा संघीय निर्वाचन क्षेत्रमा रहेका संगठित सदस्यको संख्यालाई आधार मानेको उनले बताए । तर, सुदूरपश्चिममा संख्यालाई आधार मान्दा केही तलमाथि भएका कारण महधिवेशन प्रतिनिधिको संख्या केही बढ्ने उनको भनाइ छ ।
यसैगरी मजदुर संगठनबाट पनि प्रतिनिधि आउने हुँदा सो संख्या बढ्न सक्ने उनले बताए । उनका अनुसार कैलालीबाट ४४ जना, डडेल्धुराबाट ११ जना, बाजुराबाट २१ जना, कञ्चनपुरबाट १६ जना, डोटीबाट १६ जना, अछामबाट १४ जना, दार्चुलाबाट १२ जना, बैतडीबाट १५ जना र बझाङबाट ११ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।



लोकपाटी न्यूज

