काठमाडौं । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा. नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई-पासपोर्ट प्रदान गरेका हुन् ।
सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागले जनाएकाे छ।
राहदानी विभागका अनुसार केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई पासपोर्ट वितरण कार्य थालिनेछ। ई-पासपोर्ट वितरण सुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि निरन्तरता दिने विभागले जनाएकाे छ।
डिसेम्बरको १०/१२ तारिखसम्म प्रणालीमा देखिएका प्राविधिक समस्या हल गरेर ई-पासपोर्ट मात्र वितरण गरिने र ई-पासपोर्टको अनलाइन बुकिङका लागि लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको विभागले खुलाएकाे छ ।



लोकपाटी न्यूज