काठमाडाैं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ताको नभएर व्यवस्थाको चिन्ता गर्न आग्रह गरेका छन्। आफूले सधैं सत्तामा नभइ व्यवस्थामा ध्यान दिने गरेकाे बताउँदै उनले यस्ताे आग्रह गरेका हुन्।
उनले भने ‘हामीले सत्ताको चिन्ता गर्ने होइन, व्यवस्थाको चिन्ता गराैं। म सधैं सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिन्छु।’ अहिलेको व्यवस्थालाई स्थिर गर्न नसके राष्ट्र नै अस्थिर हुने भन्दै नेता पौडेलले व्यवस्था स्थिर गर्नकै लागि पार्टी बाहिर र भित्र रहेर आफूले लडाइँ गरिरहेको बताए।
काँग्रेसलाई लोकतन्त्रप्रति खरो रुपमा उत्रने स्वच्छ छविको बनाउन सके काँग्रेस नेपाली जनताको भरोसाको केन्द्र बन्ने भन्दै उनले नेपालको लोकतन्त्रको रक्षा गर्ने र राष्ट्रियताको रक्षा गर्ने आधार नै काँग्रेस रहेको बताए । पार्टी नेतृत्वमा पुस्तान्तरण भन्दा पनि रुपान्तरण आवश्यक भएको उनले बताए। उनले पार्टीको १४ औं महाधिवेशनले नेपाली काँग्रेसलाई सफलताको बाटोमा लैजाने दाबी गर्दै देशभर चुनाव समेत जित्ने पनि बताए।



लोकपाटी न्यूज

