‘म यहाँ छु। आफूलाई जति सम्हाल्न सक्छु सम्हालिरहेको छु। म ठिक छैन तर म मेहनत गर्दछु। मलाई सहयोग आवश्यक छ। हामी सबै गल्ती गर्दछौं। मलाई विश्वास छ कि मलाई दोस्रो मौका दिइने।’
यो हाबी वाइन्सटाइनको शब्द हो जुन उनले केही दिन अघि पत्रकारहरूसँग भनेका थिए। उनीमाथि हलिउडका कयौं चर्चित अभिनेत्रीहरूले यौन उत्पीडनको आरोप लगाउँछन्। अब समाचार यो हो कि हाबीले मीडोजमा ऐरिजोनामा कहलिएको पुनर्वास केन्द्रमा ‘सेक्स एडिक्सन’को उपचार गराउन शुरु गरेका छन्।
यहाँ माइकल डगलस र टाइगर वुड्स जस्ता हस्तिहरूले पनि आफ्नो उपचार गराइसकेका छन्। उनले यो पनि भनेका छन् कि उपचार पूरा गर्नका पछि युरोप पनि जानेछन्। यसलाई उनले र उनको टिमले सुधारको एक तरिका बताएका छन्। यद्यपि कयौं व्यक्तिका लागि यो पलायन र अरू व्यक्तिको नजरबाट बच्ने तरिका पनि हो।
के हो सेक्स एडिक्सन ?
‘यो पत्ता लगाउन बडो मुस्किल छ कि हार्वी वाइन्स्टाइनमा सेक्सको लत छ कि छैन,’ यो भनाइ हो ‘सेन्टर फर हेल्दी सेक्स’का क्लीनिकल डाइरेक्टर एलेक्जेन्ड्राको। उनले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘हालसम्म हामीले जे पत्ता लगाएका छौं त्यसको आधारमा भन्न सकिन्छ कि उनले यौन शोषण गरेका छन्। हर्बीले आपसी सहमति विना सम्बन्ध बनाएका छन्। यद्यपि यसो गर्नुको कारण सेक्सको लत थियो कि थिएन भन्न सकिने अवस्था छैन।
सेक्शुअल एडिक्शनको उपचार गर्ने डाक्टर अमूमन यस मामलामा निकै सतर्क देखिन्छन्। यसको एक कारण यो पनि हो कि मनोचिकित्सा विज्ञानले यसलाई मानसिक बिरामीको रूपमा लिँदैन। यसलाई सेक्शुअल एडिक्शन या हाइपरसेक्शुअलिटी भनिन्छ। यो एक डिसअर्डर हो जसको कयौं तरिकाको उपचार उपलब्ध छ र पुनर्वास केन्द्र छ। सेक्सको लतको उपचार लामो समयसम्म चल्दछ र यो निकै महंगो हुन्छ।
विशेषज्ञको मान्यता यो छ कि सेक्सको लतको उपचार गर्ने सबैभन्दा राम्रो तरिका हो थेरापीको मद्दतबाट यौन इच्छालाई काबूमा राख्ने। यसका लागि डाक्टरले बिरामीलाई सेक्स नगर्न भन्दछन्। आमरुपमा सेक्स एडिक्शनको कारण बालापन या किशोरावस्थामा हुने यौन शोषण जस्ता घटनाहरू जिम्मेवार हुन्छन्। उपचारको लागि यो जानिराख्न जरुरी छ कि यसबाट गुज्रिरहेका व्यक्तिलाई सेक्सपछि पछुतो हुन्छ होला कि नहोला।
एलेजेक्ड्रा भन्छन्, ‘हामी मानिसहरूलाई धेरै सेक्स गर्न छाड भन्दैनौं। तर जसलाई हार्वी वाइन्स्टाइनको मामला छ उनीहरू कुनै पनि महिलासँग एक्लै रहनु हुँदैन।



लोकपाटी न्यूज

