एमाले बाजुराले छान्याे २० महाधिवेशन प्रतिनिधि (नामसहित)

uml-yemale-mahadhibesan_pic
लोकपाटी न्यूज

राजेन्द्र बिक/बाजुरा। नेकपा एमाले बाजुराले दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । प्रमुख निर्वाचन अधिकृत तुला थापाका अनुसार २० जना प्रतिनिधि छनोट भएका हुन्।

एमाले बाजुराले सहमति अनुसार प्रतिनिधि छनोट गरिएको जनाएको छ। छनाेट भएका २० जना प्रतिनिधिमा ११ जना खुला, एकजना दलित महिलासहित ४ जना दलित, १ जना जनजाति महिला र ४ जना महिला छनोट भएका छन् ।

छनोट हुनेमा खुलाबाट रंगमान शाही, अज बहादुर मल्ल, सहदेब बोगटी, काली बहादुर शाही, भरत बहादुर बुढा, भरत बहादुर थापा, जनक कुमार बोहरा, अम्मर बहादुर खडका, हरी बहादुर रोकाया, मनलाल खत्री, बल्देब रेग्मी रहेका छन्।

त्यस्तै,   दलितबाट काँसी बिक, पदम नेपाली, मोहन नेपाली, राजकला सार्की छनाेट भएका छन् भने जनजाति महिलाबाट बसन्ती गुरुङ चयन भएका छन्। त्यस्तै, बसुन्धरा रोकाय, मनदेबी ओली, ऐना गिरी, माया कुँवर महिलबाट छनाेट भएका छन्।