स्वदेशमै व्यवसाय गर्ने वातावरण बन्दैछ, अब यूवाले विदेशिनु पर्दैन : शिक्षामन्त्री

लोकपाटी न्यूज

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरु क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताएका छन्।

नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आइतबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री पाैडेलले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएका हुन्।

उनले भने, ‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ। क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।’ मन्त्री पौडेलले आफ्नो देश आफैंले बनाउनुपर्ने भन्दै सक्रीय भएर लाग्न अनुरोध गरेका छन्।

मन्त्री पौडेल युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिखमा फ्रान्स गएका हुन्।  उनकाे १८ तारिख स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्