प्रदेश अधिवेशनका लागि कांग्रेसले तोक्यो संयोजक, कुन प्रदेशमा काे ?

Congress_Mahadhiveshan
फाइल तस्विर
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले १४ औं महाधिवेशनको तयारी तीव्रताका साथ गरिरहेकाे छ। महाधिवेशनकाे तयारीमा जुटेकाे जुटेको कांग्रेसले ७ वटै प्रदेश अधिवेशनका लागि ७ नेतालाई संयोजक बनाएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ७ प्रदेशका लागि ७ जना संयोजक तोकेको हो ।

प्रदेश १ को संयोजकमा कृष्णप्रसाद सिटौला, प्रदेश २ को संयोजकमा रमेश रिजाल, बागमतीको संयोजकमा प्रकाशमान सिंह, गण्डकीको संयोजकमा गोपालमान श्रेष्ठ, लुम्बिनीको संयोजकमा बालकृष्ण खाँण, कर्णालीको संयोजकमा जीवनबहादुर शाही र सुदूरपश्चिमको संयोजकमा दिलेन्द्र बडु चयन भएका छन् ।

यस्तै बैठकले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति समेत गठन गरेको छ ।