विवाहसम्बन्धी ७ अनौठा परम्परा : नवविवाहितसँग सुत्छिन् दुलहीकी आमा

Married_Couple
लोकपाटी न्यूज

एजेन्सी। संसारमा विवाहको सुरुवाती प्रमाण करिब ४ हजार ३५० वर्ष अघि मेसोपोटामियामा भेटिन्छ। यहाँ पहिलो पटक कुनै पुरुष र महिलालाई एकजुट बनाउनका लागि समारोह भएको थियो। भारतमा पनि वैदिक कालदेखि नै विभिन्न प्रकारले विवाहको चलन चल्दै आएको छ। यहाँ विवाहसँग सम्बन्धित भारतका केही अचम्मका परम्पराबारे कुराकानी गर्दैछौं।

१. आरती र फूलले होइन, दुलहाको स्वागत गोलभेँडा र गालीलेः साधरणतया जन्तीको स्वागत आरती र फूलले गर्ने गरिन्छ। तर सबैले यस्तो व्यवहार कहाँ पाउँछन् र ? भारतको उत्तर प्रदेशको सरसौलको केही आदिवासी इलाकामा दुलहा र जन्तीको स्वागत गोलभेँडामार्फत् गरिन्छ। गोलभेँडाले मात्रै होइन, उनीहरूलाई गालीसमेत गरिन्छ। यो एक तरिकाले धैर्यता मापन गर्ने तरिका हो र यसरी सुरु गरिएको सम्बन्धमा गहिराई हुने मान्यता राखिन्छ।

२. विवाहको ठिक अघि दुलहाले संन्यास लिन जिद्दी गर्नेः विवाह गर्ने कि नगर्ने ? यो अलमलमा त धेरै मानिसहरू पर्ने गर्छन्। तर विवाहको ठिक अघि यदि विवाहले संन्यास लिने जिद्दी गर्छन् भने के गर्ने ? अचम्म छैन त परम्परा ? तमिल ब्राह्मणको विवाहको ठिक अघि दुलहाले सन्यासी बन्ने जिद्दी गर्नुपर्ने परम्परा छ। त्यसपछि दुलहीका पिताले कुरा गर्नुपर्छ। उनलाई गृहस्थी जीवनको आवश्यकताबारे बताउँछन् र विवाहका लागि तयार गरेर मण्डपमा ल्याउँछन्।

३. टाउकोमा भाँडा राखेर दुलहीले लिन्छिन् आशिर्वादः यो अचम्मको परम्परा विहारका केही हिस्सामा अहिले पनि प्रचलनमा छ। विवाहपछि दुलही पहिलो पटक घर जाँदा सासूले उनको टाउकोमा माटोको भाँडा राखिदिन्छिन्। यो भाँडासहित उनले मान्यवरको आशीर्वाद लिनुपर्ने हुन्छ। आजकाल यो परम्परा रमाइलोका लागि गरिने भएता पनि केही वर्ष अघि जुन महिलाले भाँडालाई ब्यालेन्स गर्न सक्दिन्थिन्, उनले लज्जा महसुस गर्नु पर्दथ्यो।

४. दुलहा र दुलहीकी आमाले हेर्न पाउँदैनन् विवाह: नेपालमा पनि दुलहाका आमाले छोराको विवाह हेर्न नपाउने प्रचलन छ तर बेहुलीकी आमाले भने छोरीको विवाह मज्जाले हेर्न पाउँछन्। तर बंगाली विवाहमा दुलहा वा दुलहीकी आमाले विवाह हेर्न नपाउने प्रचलन छ। आमाको उपस्थितिमा नवदम्पत्तिको जीवनमा नकारात्मक प्रभाव पार्न सक्ने मान्यता राखिन्छ।

५. दुलहा अघि रुख वा कुकुरसँग विवाह: भारतका विभिन्न हिस्सामा रुख वा कुकुरसँग विवाह गर्ने प्रचलन पनि छ। कतिपय अवस्थामा विवाह अघि रुख वा कुकुरसँग विवाह गर्दा दुवैको दशा कट्ने मान्यता राखिन्छ। तर महिलालाई अपमानित गर्ने यो प्रथा क्रमशः कम हुँदै गइरहेको छ।

६. विवाहपछि श्रीमान् श्रीमती एक वर्षका लागि कोठामा बन्द: नवविवाहित जोडी केही दिनका लागि एक्लो हुन चाहन्छन्। त्यसैले उनीहरू हनिमुनलगायतका योजना बुन्ने गर्छन्। तर केही आदिवासी समुदायमा श्रीमान्-श्रीमतीलाई एक वर्षसम्म एक्लै राख्ने परम्परा छ। विवाहपछि दुबैलाई कुनै एक स्थानमा बस्न दिइन्छ। उनीहरूलाई कसैलाई पनि भेट्न र कुरा गर्न अनुमति दिइएको हुँदैन। एक वर्षपछि गाउँका वरिष्ठ व्यक्तिले विवाहलाई आधिकारिक मान्यता दिन्छन्। त्यसपछि एउटा ठूलो आयोजना गरेर विवाहको उत्सव मनाइन्छ।

७. दुलहाको नाक र कान तान्नु: विवाहमा दुलहालाई विशेष सम्मान दिने गरिन्छ। यद्यपि, केही परम्परा यस्ता छन् जसमा दुलहालाई जिस्काउने पनि गरिन्छ। महाराष्ट्रको विवाहमा दुलहीका भाइले दुलहाको कान तान्ने प्रचलन छ। गुजराती विवाहमा बेहुलीकी आमाले दुलहाको नाक तान्ने गर्छन्। यो परम्परा ठट्टा गर्ने उद्देश्यले गरिन्छ। यो परम्पराको सांकेतिक अर्थ के हो भने दुलहा सधैं विनम्र हुनुपर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्