काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको खारेजको माग गर्दै सिलिन्डर बाेकेर प्रदर्शन भएको छ । काठमाडौँमा विभिन्न दलनिकट विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरूले सिलिन्डरमा विभिन्न पर्चा टाँसेका थिए । पर्चामा ‘मलाई किन यति अमूल्य बनायौ ?, गरिब जनताको घरमा म कसरी बल्ने ?, मलाई बल्न देउ’, जस्ता नाराहरु लेखिएको थियो ।
सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विभिन्न विद्यार्थी संगठनले संयुक्त रुपमा निरन्तर आन्दोलन गरिरहेका छन्।



लोकपाटी न्यूज

