काठमाडौं । शिक्षक सेवा आयोगले चालु आर्थिक वर्ष २०७८/७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगद्वारा सार्वजनिक कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन आगामी मंसीर महिनामा खुल्नेछ ।
आयाेगका अनुसार खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुन महिनामा, विषयत परीक्षा आगामी जेठमा हुनेछ । त्यसैगरी सामान्य परीक्षाको नतिजा प्रकाशन आगामी वैशाखमा र विषयगत परीक्षाको नतिजा प्रकाशन आगामी साउनमा हुनेछ ।
अन्तर्वार्ता आगामी भदौमा सञ्चालन गरी आगामी असोज महिनामा शिक्षक सिफारिस गरिनेछ। प्राथमिक तहको हकमा भने कात्तिक लाग्ने आयाेगले जनाएकाे छ।
प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा आन्तरिक प्रतियोगितात्मक बढुवाको विज्ञापन आगामी मंसिरमा नै मात्र गरिनेछ । यसको विषयगत परीक्षा आगामी फागुनमा सञ्चालन गरिने छ भने नतिजा वैशाखमा मात्र सार्वजनिक हुनेछ । आयोगका अनुसार यसको अन्तर्वार्ता आगामी जेठमा सञ्चालन गरी असारमा सिफारिस गरिनेछ ।
कार्य सम्पादन मूल्याङ्कनका आधारमा सोही श्रेणीको बढुवाका लागि आगामी पुसदेखि फागुनसम्म नतिजा सर्वाजनिक गरिनेछ भने माघदेखि चैतसम्म सिफारिस गरिनेछ । त्यस्तै आयोगले करार सूची आगामी २०७९ सालको मंसीरमा सार्वजनिक गर्नेछ । वार्षिक कार्यतालिकाअनुसार अध्यापन अनुमतिपत्रको विज्ञापन आगामी चैतमा सञ्चालन गरी असारमा परीक्षा र नतिजा आगामी असोजमा हुनेछ । अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मंसिरबाट हुने जनाइएको छ ।
वार्षिक कार्यतालिकाः




लोकपाटी न्यूज

