अफगानिस्तानको मस्जिदमा विस्फोट, १२ घाइते

लोकपाटी न्यूज

काठमाडाैं। अफगानिस्तानको नंगरहार प्रान्तको स्पिन घार जिल्लास्थित एक मस्जिदमा विस्फाेट हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । स्थानीय समय अनुसार शुक्रबार दिउँसो करिब १ बजेर ३० मिनेटमा विस्फोट भएको रोयटर्सले जनाएको छ।

आक्रमणकारीहरू मस्जिदभित्रै छिरेर विस्फोट गरेको स्थानीयहरूले बताएका छन् । आक्रमणकारीको पहिचान भने भइसकेको छैन । साथै घटनाबारे विस्तृत विवरण आइसकेको छैन । आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कुनै समूहले पनि लिएको छैन ।

तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि सशस्त्र समूहको आक्रमण तीव्र बन्दै गएको छ । तुलनात्मक रुपमा मस्जिदलाई लक्षित गर्दै आक्रमणको क्रम बढेको बताइएको छ । शुक्रबारको विस्फोटमा तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।