न्यायलय विवादबारे गठबन्धनकाे धारणा छिट्टै सार्वजनिक गर्छौं : प्रचण्ड

Puspa-Kamal-Dahal-Prachanda
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यायलयभित्रको विवादबारे गठबन्धनले साझा धारणा तय गर्ने बताएका छन्। आज (शुक्रबार) प्रेस सेन्टर नेपाल, भोजपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले न्यायालय आफैंले समस्याको समाधान गर्दा उपयुक्त हुने बताउँदै त्यसबारे गठबन्धनले साझा धारणा तय गर्ने बताएकाे हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘न्यायलयभित्रको विवादबारे गठबन्धनभित्र छलफल भइरहेको छ। छिट्टै हामीहरुले आफ्नो धारणा सार्वजनिक गर्छौं।’ उनले फरक प्रसंगमा स्थानीय, प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन जारी रहने पनि बताए । उनले माओवादी केन्द्र सत्तारुढ गठबन्धन सम्बद्ध राजनीतिक दलसँग आसन्न चुनावमा मिलेर अघि बढ्ने बताए।

संविधान, गणतन्त्र तथा लोकतन्त्र, राष्ट्रियताको रक्षाका लागि गठबन्धन भएको समेत उनले जीकिर गरे। तीन तहको निर्वाचन एकैपटक गर्दा राज्यको सम्पति, जनतालाई सास्ती र अवैध चलखेल पनि रोकिने उनले स्पष्ट पारे। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि भोजपुर गएका दाहालले विभिन्न स्थानीय सरकार प्रमुख, सुरक्षा निकाय, कार्यकर्तासँग भेटघाट तथा छलफल गरे।