काठमाडाैं। बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार मन्त्रिपरिषदमा दुई सदस्य थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्।
मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कर्ट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई समावेश गरिएको हो । मुख्यमन्त्री पाण्डेले जम्कर्ट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय र लामालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन भने सकेको छैन ।



लोकपाटी न्यूज

