काठमाडाैं। नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले विज्ञान प्रविधिकाे माध्यमबाट मुलुककाे दीगाे विकास सम्भव रहेकाे बताएका छन्। आज नोभेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय विज्ञान दिवसकाे अवसरमा शुभकामना दिँदै नेता पाेखरेलले यस्ताे बताएका हुन्।
आजकाे जमाना विज्ञान प्रविधिकाे भएकाे र देश विकासकाे लागि विज्ञानकाे भूमिका महत्वपूर्ण हुने उनले बताए। विश्वमा शान्ति तथा विकासका लागि अन्तर्राष्ट्रिय बिज्ञान दिवस मनाउने गरिएकाे भन्दै उनले याे दिवसलाइ साेहीअनुरुप मनाउन आग्रह गरे।
उनले भने, ‘वास्तवमा मानव जातिका जटिल समस्याहरु बिज्ञान प्रविधि तथा नवप्रवर्तनको माध्यमबाट नै हल हुने भएकोले यो कुनै समुदाय वा मुलुकको अधिनमा मात्र नरही सबैको समान पहुँच र अधिकारको विषय हुनुपर्दछ। बिज्ञानको माध्यमबाट कुनै पनि समाज तथा मुलुकको सन्तुलित र दिगो विकास सम्भव हुन्छ।’
उनले अन्तर्राष्ट्रिय बिज्ञान दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै मुलुककाे दीगाे विकास र शान्ति स्थापनाका लागि विज्ञान प्रविधिकाे समुचित प्रयाेगमा ध्यान दिनुपर्नेमा जाेड दिए।



लोकपाटी न्यूज