काठमाडाैं। नेकपा एमाले सुनसरी जिल्ला कमिटीको बैठकमा विवाद भएको छ । इनरुवामा बुधबार बसेको बैठकमा २०७५ जेठ २ अघिका रमेश बस्नेत र पछिल्लो समय अध्यक्षको जिम्मेवारी पाएका रेवतीरमण भण्डारी समूहबीच बैठकको अध्यक्षता कसले गर्ने भन्ने विषयमा विवाद भएकाे हाे।
विवाद बढ्दै गएपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले आफू अध्यक्ष भएको दाबी गर्दै माइक खोसेपछि विवाद झन् बढेको हो । रेवती र रमेश कसले बैठकको अध्यक्षता गर्ने भन्ने विवाद भएपछि खेमराज पोखरेललाई अध्यक्षता गर्न दिने समझदारी भएको थियो । तर पोखरेलले बोल्ने क्रममा इटहरी उपमहानगरपालिका मेयर तथा एमाले नेता द्वारिकलाल चौधरीले माइक खोसेका हुन् ।
चौधरीले माइक खोसेपछि केही समय विवाद भएको बैठकले खेमराज पोखरेलको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको जनाइएकाे छ। अवैधानिक कमिटी भन्दै चौधरीले माइक खोसेका थिए ।



लोकपाटी न्यूज

