काठमाडौं । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष भीम रावललाई आफ्ना मतहरु सामाजिक सञ्जालमा नभई पार्टी कमिटीहरुमा राख्न आग्रह गरेका छन् । रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले आफ्ना मतहरु बैठकमा राख्न आग्रह गरेका हुन्।
सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा इन्चार्ज भट्टले रावललाई आफू बि ना पार्टी चल्दैन भन्ने चिन्तन नराख्न आग्रह गरे। उनले भने, ‘संगठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्या, भिन्न मतहरुलाई छलफल र समाधान गर्दै आएका छौं। कसैलाई चित्त बुझेन भने मैले भनेको हुनुपर्छ नत्र म आउँदिन भन्ने, राजीनामा दिन्छु भन्ने अभिव्यक्तिहरु आउँछन । म विना पार्टी हुँदैन भन्ने चिन्तन गलत छ ।’
व्यक्ति नभए पनि पार्टी चल्ने भन्दै भट्टले उपाध्यक्ष भीम रावललाई सुझाव समेत थिए। एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पनि असन्तुष्टिलाई जनता र कार्यकर्तामाझ लैजाँदा पार्टीलाई फाइदा नहुने बताए।



लोकपाटी न्यूज

