याे गठबन्धन मुलुककाे हितमा हाेइन, सत्ता स्वार्थमा केन्द्रित छ : ओली

KP sharma Oli
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाएका छन् ।

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा बाेल्दै ओलीले सत्ता गठबन्धनले मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको बताए । सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको उनको टिप्पणी छ ।

अब पनि अनेक प्रतिगामी परमादेश आउन सक्ने भन्दै उनले एमालेले मुलुक र लोकतन्त्रलाई तलमाथि हुन नदिने जिकिर गरे । एमाले नभएको भए ०१७ साल दोहाेरिने खतरा देखिएको उनकाे तर्क छ । उनले एमालेका लागि सरकार नभएर मुलुक पहिलो प्राथमिकतामा भएको दाबी गरे ।