बिना संशाेधन एमसीसी पारित हुँदैन : नारायणकाजी श्रेष्ठ

Narayankaji shrestha
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । उनले यसअघि नै पार्टीले संशोधनबिना एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको स्पष्ट पार्दै सोही अनुसार माओवादी केन्द्र अघि बढ्ने बताएका हुन्।

उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु सच्याइए मात्रै एमसीसी पारित गर्न पार्टीले सघाउने बताए । ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याइ यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘यो नै हाम्रो पार्टी नेकपा  माओवादी केन्द्रको आधिकारिक निर्णय र धारणा हो।’

उनले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि आग्रह गरेका छन् ।