‘एमसीसीमा प्रचण्डले हस्ताक्षर गरेका छैनन्, देउवाले झुट बाेले’

dev-gurung-1
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा माओवादी केन्द्रका प्रमूख सचेतक देव गुरुङले एमसीसी पास गर्छाैं भनेर लेखिएकाे पत्रमा पार्टी अध्यक्ष प्रचण्डले हस्ताक्षर नगरेकाे दाबी गरेका छन्।

हिजाे मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छाैं भनेर अमेरिकालाइ भनिसकेकाे र त्याे पत्रमा प्रचण्डकाे पनि हस्ताक्षर रहेकाे दाबी गरेका थिए। तर सचेतक गुरुङले देउवाले झुट बाेलेकाे भन्दै त्यसकाे प्रतिकार गरेका हुन्।

देउवाले चार पाँच वर्ष अघिकाे नै दलहरुबीच असहमति छ धेरै कुरा क्लियर गर्न बाँकी छ भनेर पठाएकाे कुरा गरेकाे पनि हुन सक्ने उनले बताए। तर देउवाले तत्कालकाे सन्दर्भमा त्याे कुरा गरेका भए त्याे झुट भएकाे र प्रचण्डकाे हस्ताक्षर एमसीसीका सम्बन्धमा कतै नभएकाे गुरुङले स्पष्ट पारे।

हाम्राे पार्टीले एमसीसीकाे विराेधमा यसका कतिपय बुँदा नेपालकाे लागि हितकारी छैन भनिरहेकाे बताउँदै उनले अध्यक्ष प्रचण्डले एमसीसी पास गर्ने भन्ने सम्बन्धका कुनै पनि पत्रमा हस्ताक्षर नगरेकाे दाबी गरे। उनले याे विषयमा अध्यक्षकाे धारणा चाँडै आउने पनि संकेत गरेका छन्।