एकीकृत समाजवादीकाे विदेश विभाग प्रमूखमा खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल चयन भएका छन्। विभागको उपप्रमुखमा प्रमेश हमाल रहेका छन्।  यस्तै सदस्यहरूमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर, वाइपी संग्रौला र शंकर खतिवडा रहेका छन्।

यस्तै, संगठन विभाग प्रमुखमा डा. बेदुराम भुसाल रहेका छन् भने उपप्रमुखमा प्रकाश ज्वाला रहेका छन्। शिक्षा विभागको जिम्मा डा. गंगालाल तुलाधरलाई दिइएको छ।

यस्तै विभागको उपप्रमुखमा लक्ष्मण केसी रहेका छन्। विपत् व्यवस्थापन विभागको प्रमुख पनि तुलाधर नै रहेका छन्। सहकारी विभागको जिम्मेवारी गोविन्द कोइरालाले पाएका छन् भने टेकप्रसाद चौलागाईं उपप्रमुख छन्।