अरु पार्टी आफैंमा सकिए, लाेकतन्त्र जाेगाउने जिम्मा कांग्रेसमा छ : सिंह

prakashman sinha
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसकाे भएकाे र अरु पार्टी सकिएकाे संकेत गरेका हुन्।

तर त्यसका लागि कांग्रेस पार्टीमा विधि पद्दति जोगाउन भने जरुरी रहेको उनले बताए।  नेता सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्र्टी कमजोर भएको उल्लेख गर्दै अवसर दिएर पनि काम नगर्नेकाबारे अब आम कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए।

नेता सिंहले आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निमार्णमा लाग्नुपर्ने बताउँदै पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे। सरकारले कोरोना खोपको व्यवस्थापन अझै राम्रोसँग गर्नुपर्नेमा जोड दिँदै उहाँले चाडपर्वको बीचमा भरहेको इन्धन तथा अन्य क्षेत्रको महङ्गीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका सभापति हरिदाश प्रजापतिलगायतले विगत जस्तै कांग्रेसको भविष्य पनि उज्यालो रहेको बताए। रासस