काठमाडाैं। अर्थमन्त्री जनार्दन शर्माले अरुण करिडोर आयोजनाको काम सरकारले चाँडै थाल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल सङ्खुवासभाले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अरुण करिडोर सञ्चालनका लगि सरकारले गृहकार्य थाल्ने बताएका हुन् ।
कार्यक्रममा बाेल्दै शर्माले सङ्खुवासभाका लागि महत्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको बताए । सो आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको बताउँदै उनले किमाथाङ्का नाका सञ्चालनको पहल गर्ने बताए । किमाथाङ्का नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्वका साथ हेरिरहेको उनकाे भनाइ छ।
मन्त्री शर्माले नेपालको पानी जनताको लगानीले अरुण नदीको विभिन्न आयोजना सफल बनाउने बताए । उनले पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शङ्का नगर्न पनि आग्रह गरे ।



लोकपाटी न्यूज

