ओली एक नम्बरका गफाडी हुन् : माधव नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज

काठमाडाैं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली एक नम्बरका गफाडी रहेको बताएका छन्।

पानी जहाज चल्यो, घरघरमा ग्यासको पाइपलाइन जोडियो, हावाबाट बिजुली निकालियो र रेल कुद्याे कि? यस्तै हावा दारी गफ दिएर समृद्ध नेपाल र सुखी नेपाली कदापि बन्न नसक्ने अध्यक्ष नेपालले केपी ओली जस्ता गफाडीको पछाडी नलाग्न समेत आग्रह गरेका छन्।

रौतहटमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उठेको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले ओली कुनै भिजन नभएको, कुनै प्लानिंग नभएको, मात्रै उखान टुक्का एवं गफाडी कुरा गर्दै जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र माथि विरक्त बनाउने कार्य बाहेक ओलीले अरु केही नगरेको आरोप लगाए।

अध्यक्ष नेपालले हत्यारा, बलात्कारी, भ्रष्टाचारी, लगायत प्रतिगमनकारी शक्तिहरुको जमातको रुपमा रहेको ओलीको कारण मुलुकको अवस्था धेरै खराब भएको आरोप लगाए। गफाडीको कारण देशको स्थिती भताभुंग भएको अवस्थामा सत्ता सम्हालेका वर्तमान पाँच दलीय गठबन्धनको सरकार सामु धेरै कुरा सुधार गरेर अघि बढ्नु पर्ने चुनौती आएकोले ओली जस्तो हावातालमा नभई देश र जनताको हितमा समर्पित भएर गठबन्धनको सरकार अगाडी बढिरहेको बताए।

प्रधान न्यायाधीशको राजीनामाको विषयलाई लिएर उत्पन्न गतिरोधलाई अन्त्य गर्न पाँच दलीय गठबन्धनको सरकारले चाँडै ठोस निर्णय लिने र समस्याको समाधान गर्ने समेत उनले प्रतिक्रिया दिए।