काठमाडाैं। तिते करेलाकाे स्वाद कतिपयलाइ मन पर्दैन भने कतिपयलाइ औधी मन पर्छ । स्वादका हिसाबले मन पर्नु अथवा नपर्नु भन्दा स्वास्थ्यका हिसावले याे निकै फाइदाजनक छ । करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन सी, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ ।
तिते करेलामा पाइने यस्ता तत्वहरु हाम्रो शरिरमा निक्कै महत्वपूर्ण भूमिका खेल्छन् । केही रोगीका लागि त करेला सेवन लाभदायक हुन्छ नै । अब जान्नुहाेस् कस्ता राेगीका लागि औषधीजन्य हुन्छ तिते करेला ।
मधुमेहः मधुमेहका रोगीहरुलाई करेला उपयोगी हुन्छ । मधुमेहका विरामीले करेला खाँदा रगतमा चिनीको मात्रालाई सन्तुलन राख्न मद्दत गर्छ । विशेष गरी टाइप–२ मधुमेहका रोगीहरुलाई करेला निकै फाइदाजनक हुन्छ ।
मृगौलामा पथरीः करेला पथरी भएकाहरुका लागि पनि फाइदा जनक हुन्छ । साथै मृगौलामा पथरी भए करेला खानेगरेमा सो समस्याबाट छुटकरा पाउन सकिन्छ । करेला खानामा रहने तत्वले पथरलाई टुक्रा–टुक्रा पार्न काम गर्न गर्छ । जसले गर्दा टुक्रिएका पथरहरु पिसाव मार्फत शरीर बाहिर निस्कन्छ ।
क्यान्सरः करेलाले क्यान्सर हुनबाट बचाउँछ । यद्यपी यो सावित नभएपनि कयौं अनुसन्धानले करेला खानाले क्यान्सरसँग लड्न निकै मद्दत पुग्छ । करेला खाँदा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
कलेजोलाई स्वस्थ राख्छः कलेजोलाई स्वस्थ राख्न करेला निकै उपयोगी हुन्छ । कलेजोलाई सफा र स्वस्थ राख्न करेला सहयोगी हुन्छ । करेला खानाले कोशिकाहरुको निर्माण पनि गर्छ । करेला नियमित खानाले कलेजो सम्बन्धी रोग लाग्न पनि कम हुने र यो लामो समय सक्रिय रहन सक्नेछ ।
हैजाः हैजा लागेमा करेला खाए फाइदाजनक हुन्छ । करेलाको रसमा अलिकति प्याज र कागतीको रस मिसाएर खाएमा फाइदा पुग्छ । साथै ताजा करेला पिँधेर यसमा अलिकति नून मिलाएर हैजाका रोगीलाई २–३ पटक खान दिएमा फाइदा पुग्छ ।
कब्जियत हुँदैनः करेला खाएमा कब्जियत हुनबाट मानिसलाई जोगाउँछ । करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रियालाई मजबुद बनाउन करेला सहयोगी हुन्छ । साथै कब्जियतका रोगीहरुले नियमित करेला खाएमा छुट्करा पाउँछन् ।
तौललाई नियन्त्रण गर्छः करेलाले मानिसको तौललाई नियन्त्रणमा राख्ने काम पनि गर्छ । पाचनक्रियालाई सुचारु राख्न करेला सहयोगी मात्रै हुँदैन यसमा हुने कम मात्राको क्यालोरीले मोटोपन रोक्ने समेत काम गर्छ ।
आँखाको ज्योतिलाई बचाउँछः बच्चा देखि नै कतिपयलाई आँखा सम्बन्धी विभिन्न रोगले सताउने गर्छ । हुर्कने क्रमसँगै बालबालिकाहरुलाई आँखा सम्बन्धी विभिन्न समस्या देखा पर्छ । यस्ता समस्याबाट पीडित भएकाहरुले नियमित करेला खाएमा आँखाको ज्याति बचाउने काम गर्छ ।
छालाजन्य रोगः करेलाले छालाजन्य रोगीलाई समेत फाइदा गर्छ। करेला नियमित खाएमा वा यसलाई मिश्रिमा पिसेर रातको समयमा लेप लगाउँदा पनि छालाजन्य समस्या अन्त्य हुन्छ । करेलाको रसमा कागतीको रस मिलाएर लाउँदा पनि मुसा, दाद लगायतका छालाजन्य समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
पेटको दुखाई अन्त्यः ठूलो चम्चाको एक चम्चा करेलाको रस मख्खनामा मिलाएर खाएमा पेटको दुखाई कम हुन्छ । करेलाको रस पेट दुखाईलाई रामबाण जत्तिकै फाइदा पुग्छ ।



लोकपाटी न्यूज

