अर्लि इलेक्सनको सम्भावना छैन : नेता कंडेल

लोकपाटी न्यूज

रमेश भुसाल/सुनवल। राजनीतिक वृतमा कहीँकतै अर्लि इलेक्सनका कुरा उठेको भएतापनि सम्भव नभएको प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय नेता देवेन्द्रराज कंडेले बताएका छन्।

पश्चिम नवलपरासी सुनवल स्थित महाकवि देवकोटा क्याम्पसको ११ औं सभालाई सम्वोधन गर्दौ नेता कंडेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा संविधानसम्मत भएन भनेर विरोध गर्ने र आज तेही ट्रयाकमा जानु भनेकाे सत्ता परिर्वतको औचित्य नहुने नेता कंडेलको भनाई छ । संघीय संसदको कार्यकाल पुरै रहने भन्दै प्रतिनिधि सभा सदस्य कंडेलले संसद कोटाबाट क्याम्पसको गुणस्तरको लागि १ करोड वजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे।

पछिल्लो समयमा स्वार्थको राजनीति भएकोप्रति इंगित गर्दै नेता कंडेलले स्वार्थको राजनीति गर्दा एक चोटी जनता झुक्किए पनि ५ बर्षको समयावधिमा नेता मोटाएकि जनता मोटाए त्यसको लेखाजोखा गर्नुपर्ने बताए।

क्याम्पसको शैक्षिक र भौतिक वृद्धि विकासको लागि सवैको उलेख्य भ‍ूमिका रहेको क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले बताए। क्याम्पस भित्र कुनै पनि आग्रह पुर्वाग्रह नरही राम्रोको लागि आखाँ चिम्लिने र नराम्रोको लागि हातै नहाल्ने प्रवृतिका कारण सवैको क्याम्पसप्रति विश्वास रहेको अध्यक्ष लामिछानेको भनाई छ ।

साधारण सभामा क्यम्पसका संस्थापक अध्यक्ष थान प्रसाद गैरे, पुर्व अध्यक्ष विष्णु प्रसाद पौडेल, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, क्याम्पस सल्लाहाकार हुमाकान्त पाण्डे, आजिवन सदस्य कृष्ण वन्धु अर्याल, वडा नम्वर ४ का वडाध्यक्ष विर बहादुर गुरुङ, संचालक समिति सदस्य विमला अर्याल छोटो समयमै क्याम्पसले प्रगती गरेको भन्दै प्रशंशा गरे।

QAA प्राप्त महाकवि देवकोटा क्याम्पसमा १२ सय भन्दा वढी विधार्थीले पठनपाठन गर्दछन् भने वि.वि.ए , विविएस, विए, विएड र एमविएस तहसम्मको पठनपाठन संचालनमा रहेको छ ।