नेतृत्व परिवर्तन आवश्यक छ, सभापतिमा लड्न तयार छु : सिंह

prakashman sinha
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न तयार रहेको बताएका छन्। कीर्तिपुर नगर समितिद्वारा आज आयाेजित एक कार्यक्रमममा बाेल्दै सिंहले यस्ताे बताएका हुन्।

कांग्रेसले मंसिरमा १४ औं महाधिवेशन गर्दैछ। वडादेखि केन्द्रसम्म पार्टीलाई बलियो बनाउन र लोकतन्त्र रक्षाका लागि पनि अब नेतृत्व परिवर्तनको बेला आएको सिंहले बताए।

‘म सभापतिको उम्मेदवार बन्न तयार छु। पार्टीलाई वडादेखि नै शक्तिशाली बनाउनुछ,’ उनले भने, ‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखेर जतिसक्दो राम्रो काम गरे पनि जनताले पत्याउँदैनन्।’

उनले विगतमा आफू चुनाव लड्छु भन्दा कसैले नपत्याएको तर भोट गनेपछि क्षमता देखेको समेत बताए। आफूलाई देशैभरका नेता तथा कार्यकर्ताको साथ रहने विश्वास उनको थियो। उनले १३ औं महाधिवेशनपछि पार्टी कमजोर भएको पनि बताए।