सरकारद्वारा संसद अधिवेशन अन्त्य गर्न सिफारिस

Samsad
लोकपाटी न्यूज

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हाे।

भदौ २३ मा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । जसका कारण संसद अवरुद्ध भइरहेकाे छ।

एमालेको अवरोधका बीच पनि सरकारले नयाँ प्रतिस्थापन बजेट ल्याएकाे थियाे। एमालेकाे अवराेधकै कारण अरु विधेयक भने सरकारले अघि बढाउन सकेकाे छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्